गगनलाई रविको चुनौती- मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ – Nepal Press

गगनलाई रविको चुनौती- मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए ।

उनले भने, ‘माननिय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’

संसदीय समिति सामान्य कुरा हो । त्यो भन्दा पहिला म सदनमा बोल्न पाउनुपर्छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गरे ।

उनले भनेका थिए, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौँ ?’


प्रतिक्रिया

2 thoughts on “गगनलाई रविको चुनौती- मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ

  1. ४७ सालदेखिका देशका लुटेरा अनैतिकहरूलाई रविको नाकमै पञ्च सरहको च्यालेन्ज । हिक्मत छ ? बाख्रा काण्ड, घडी काण्डजस्ता काण्डैकाण्डले भरिएको पार्टीका लुटेराहरू हिम्मत छ च्यालेन्ज स्वीकार्न ?

  2. नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने , जिउँदै मान्छेलाई भट्टीमा पोल्ने कालो काङ्ग्रेसले कुन नैतिकताले रवि सरको कुरा उठाएको?!😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर