गृहमन्त्रीलाई रोक्दै कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित – Nepal Press

गृहमन्त्रीलाई रोक्दै कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

कांग्रेसले निरन्तर नाराबाजी गरेपछि जेठ १ गते बेलुका ३ बजे बस्ने गरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ । तर, सरकार समितिको पक्षमा छैन ।

सहमतिको मिलनबिन्दु खोज्न सभामुखसहित शीर्ष नेताहरुबीच पटक पटक वार्ता गरे पनि कुरा मिल्न सकेको छैन।


प्रतिक्रिया

2 thoughts on “गृहमन्त्रीलाई रोक्दै कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

  1. लोकतन्त्रका ठेकेदारहरू । काँग्रेस पतनोन्मुख छ । बाख्रा काण्ड, घडी काण्डका नाईकेहरू रवि विरूद्व लाग्दा अब सकिने भए । जनताले थुक्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर