कांग्रेसको अवराेधपछि योगेशको जवाफ- नीति तथा कार्यक्रम र बजेट ल्याउने सरकारसँग विकल्प छ (भिडिओ) – Nepal Press

कांग्रेसको अवराेधपछि योगेशको जवाफ- नीति तथा कार्यक्रम र बजेट ल्याउने सरकारसँग विकल्प छ (भिडिओ)

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउन माग गर्दै सदन अवरोध गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘फागुन २१ गते राजनीतिक समीकरण बदलिएपछि कांग्रेसलाई झड्का लागेको छ । त्यही झड्का लागेको कांग्रेसले अहिलेकाहिँ नचाहिँदो एक्सन गरिरहेको छ, यसले कांग्रेसलाई फाइदा गर्दैन । इतिहासले क्षम्य गर्छ भन्ने लाग्दैन । त्यसलाई पुर्नविचार गरोस् कांग्रेसले दिएन भनेर सरकारसँग अनेक विकल्प छन्, हाम्ी त्यो बाटो जान चाहँदैनौं । संसदबाटै निरुपण होस् भन्ने चाहन्छौं ।’

उनले सत्तापक्ष संसद चलाउने पक्षमा रहेको बताउँदै कहिल्यै अवरोध नगर्ने बताए ।

उनले भने, ‘सरकारले विजनेश प्रस्तुत गर्न खोजेको छ, बजेट अधिवेशन हो। जेठ १५ मा बजेट ल्याउनुपर्छ, त्यो भन्दा १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्छ भन्ने प्रचलन छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर