एमाले सचेतक बरालले सार्वजनिक गरिन् हिउँदे अधिवेशनको सदन सक्रियता (पूर्ण पाठसहित) – Nepal Press

एमाले सचेतक बरालले सार्वजनिक गरिन् हिउँदे अधिवेशनको सदन सक्रियता (पूर्ण पाठसहित)

काठमाडौं । सदनमा हिउँदे अधिवेशनको सक्रियताको नालीबेली एमाले सचेतक सुनिता बरालले सार्वजनिक गरेकी छन् ।

संसदको दोस्रो वर्षको हिउँदे अधिवेशनमा सांसद बरालले राखेका मुद्दा, सहभागिता जनाएका कार्यक्रम देखि विभिन्न सवालहरू उनले सार्वजनिक गरेकी छिन् ।

संसदको केपी शर्मा ओली, शेखर कोइराला, शशाङ्क कोइराला लगायतका शीर्ष नेताहरू भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सम्बन्ध समितिकी सदस्यसमेत रहेकी बरालले आफ्नो सदन सक्रियता सार्वजनिक गरेकी हुन् ।

बरालले भनेकी छिन्, ‘सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वयन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी थिएँ र त्यसैको निरन्तरतालाई थप मजबुत बनाउन दोस्रो वर्षलाई उपयोग गर्ने संकल्प लिएकी छु ।’

बरालले सरसरती कार्यक्रमहरूको मात्रै विवरण नदिएर आफूले सदनमा बोलेको सम्बोधनको पुरा पाठ नै सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर