एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी – Nepal Press

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी

रुपन्देही । नेकपा एमाले कपिलवस्तु १० औं जिला अधिवेशनबाट बाबुराम खनाल विजयी भएका छन् । शुक्रबार भएको मतदानबाट उनले निवर्तमान अध्यक्ष रहेका डम्बर शर्मालाई पराजित गर्दै विजयी भएका हुन् ।

५५९ जना प्रतिनिधि रहेकोमा ५३२ जनाले मतदान गरेका थिए । खनालले २७८ मत ल्याएर विजयी हुँदा शर्माले २५३ मत ल्याएका थिए । यसैगरी उपाध्यक्षमा शंकर पाण्डेले ३१२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी भेषराज पाण्डेले २०१ मत ल्याएका छन् ।

त्यसैगरी सचिवमा सिबी गहतराज विजयी भएका छन् । उनले ३०४ मत ल्याउँदा उनका प्रतिस्पर्धी विश्व कार्कीले २१२ मत ल्याएका थिए । त्यसैगरी उपसचिव खुलामा देवीप्रसाद पोखरेल र महिला उपसचिवमा शुशीला दर्लामी विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर