इलाममा यसरी हुँदैछ मतगणनाको तयारी, मत परिणाम चोक बजारमा डिस्प्ले बोर्डमा देखाइने – Nepal Press

इलाममा यसरी हुँदैछ मतगणनाको तयारी, मत परिणाम चोक बजारमा डिस्प्ले बोर्डमा देखाइने

विराटनगर । इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का उठाउने र मत पेटिका सुरक्षित तरिकाले गणना स्थलसम्म लैजाने काम भइरहेको छ ।

टाढा रहेका मतदान स्थलबाट राति १० बजेसम्ममा गणना स्थल इलाम बजारमा रहेको सिटी हल पुर्‍याउने तयारी भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

मतगणनाका लागि सिटी हल तयार गरिएको छ । सिटी हलको एक कोठामा तार जारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणना स्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

उनका अनुसार आज राति १० बजेसम्ममा सबैतिरको मतपेटिका गणना स्थल ल्याइसक्ने योजना छ । यस्तै गणना स्थलमा भीडभाड हुन नदिन मतगणनाको परिणाम इलामको चोक बजारमा रहेको डिस्प्लेमा पनि देखाउने तयारी भएको छ । यसका लागि आवश्यक प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार परिणाम जान्न उत्सुकहरुका लागि सहज होस् भनेर चोक बजारमा रहेको डिस्प्ले बोर्डमा मत परिणाम सार्वजनिक गर्ने तयारी गरिएको हो । मत परिणाम १ घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर