कांग्रेस नेता पूर्वमन्त्री गुरुङको अन्त्येष्टि – Nepal Press

कांग्रेस नेता पूर्वमन्त्री गुरुङको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सूर्यमान गुरुङको अन्त्येष्टि गरिएको छ ।

काठमाडौंको हिमाल अस्पतालमा मंगलबार ८४ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको थियो । २०७० सालको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका गुरुङ २०७३ मा श्रम तथा रोजगारमन्त्री बनेका थिए ।

बिहीबार पशुपति आर्यघाटमा गुरुङको अन्त्येष्टि गरिएको छ । त्यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशुपति आर्यघाट पुगेर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरे । विभिन्न दलका नेता, सांसद, शुभेच्छुक लगायत आर्यघाट पुगेर गुरुङलाई अन्तिम बिदाई गरेका थिए ।

यसैबीच पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले गुरुङको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको भन्दै शोक प्रस्ताव पारित गरेको छ । सँगै तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *