कोशीमा मन्त्रिपरिषद विस्तार, २ जना विना विभागीय मन्त्री नियुक्त – Nepal Press

कोशीमा मन्त्रिपरिषद विस्तार, २ जना विना विभागीय मन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री नियुक्त भएका छन् ।

यस अघि माओवादीबाट दुर्गा चापाँगाईलाई मन्त्री नियुक्त गर्ने तयारी भएको थियो । नव नियुक्त दुवै मन्त्रीहरुले विना विभागीय मन्त्रीको सपथ खाएका छन् ।

संबिाधानको धारा १६८(५) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले सानो आकारको मन्त्री परिषद विस्तार गरेका हुन्

एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित सांसद हुन् । माओवादीका उप्रेती मोरङका सांसद हुन् । दुबै जना यसअघि पनि मन्त्री भइसकेका छन् ।

एमाले संसदीय दलका उपनेता मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर, त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए । २६ चैतमा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर