भाषा आयोगको सदस्यमा मानन्धर नियुक्त, ४२ जना खेलाडीलाई पुरस्कारसहित सम्मान गरिने – Nepal Press

भाषा आयोगको सदस्यमा मानन्धर नियुक्त, ४२ जना खेलाडीलाई पुरस्कारसहित सम्मान गरिने

काठमाडौं । सरकारले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं स्थायी घर भएका मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *