प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- तपाईँलाई जंगलबाट कसले ल्यायो ? बिर्सिनुभयो (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- तपाईँलाई जंगलबाट कसले ल्यायो ? बिर्सिनुभयो (भिडिओ)

'धेरै धम्क्याएर तर्सिने पार्टी होइन कांग्रेस'

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएको छ ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि यो गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिएका थिए ।

त्यसको जवाफ फर्काउँदै संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, प्रधानमन्त्रीले भोलिका दिनमा मुल्य चुकाउनुपर्ला भन्नुभयो । तपाईंहरुले हामीलाई त संसदीय राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो । हामीले पनि गरेका छौं । तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभो।  हतियार उठाएर सत्ता परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसको नेतृत्वमा आउनुभयो ? बिर्सिनुभो ।

उनले नेपालीको राजनीतिमा तपाईं र तपाईंको पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर राजनीतिक दलमा स्थापित गराउन कांग्रेसको भूमिका छैन ? भन्दै प्रश्न गरे।

उनले थपे, ‘भोलि दिनमा मुल्य चुकाउनुर्छ ? के मुुल्य चुकाउनुपर्छ ? म आग्रछ गर्छु, धेरै धम्काएर तर्सिने पार्टी होइन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर