कांग्रेसको निष्कर्ष- सरकार तानाशाही भयो, सभामुख दलको कार्यकर्ताको भूमिकामा प्रस्तुत भए (भिडिओ) – Nepal Press

कांग्रेसको निष्कर्ष- सरकार तानाशाही भयो, सभामुख दलको कार्यकर्ताको भूमिकामा प्रस्तुत भए (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सरकारले तानाशही प्रवृत्ति देखाएका आरोप लगाएको छ ।

कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पर्याप्त समय हुँदा हुँदै पनि सरकारले बलमिचाइँ गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘निर्बाध रूपले सदन सञ्चालन हुने अवस्था हुँदा हुँदै सरकारले बलमिचाइँ गर्‍यो। र, तानाशाही प्रवृत्ति देखायो। पर्याप्त समय हुँदा हुँदै पनि आज अवरुद्ध सदनको बीचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो यो नेपालको संसदीय इतिहासमा नौलो र दुखदायी घटना मन्चन गरेको छ। यसले संसदीय मूल्य मान्यतालाई कमजोर पारेको छ। विपक्षीलाई बोल्न नदिएर आजै विश्वासको मत लिन जिद्दी गर्ने सरकारले नाटक गरेको छ त्यो खेदजनक छ।’

बैठकले सभामुख देवराज घिमिरे कुनै दलको कार्यकर्ताको ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर