आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत गरिने – Nepal Press

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ एक गते प्रस्तुत गर्ने भएको छ ।

बिहीबार दिउसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे प्रस्तुत गर्ने निर्णय गरेको हो ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम संघीय संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा टेकेर आगामी आर्थिक वर्षका बजेट निर्माण हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर