इलाम- २ उपनिर्वाचन: मत गणनास्थलमा बढ्यो चहलपहल – Nepal Press

इलाम- २ उपनिर्वाचन: मत गणनास्थलमा बढ्यो चहलपहल

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा आज भएको उपनिर्वाचनमा ६९ हजार २७० जना मतदाताले मतदान गरेका छन् ।

उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष र ३४ हजार १५० जना महिलाले मतदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता थिए । कुल मतदातामध्ये ६० प्रतिशतले मत हालेको यादवले जानकारी दिए ।

उनका अनुसार अन्तिम विवरण आउँदा ६० प्रतिशत मतदाताले मतदान गरेका छन् ।

अहिले मतगणना स्थल इलाम सदरमुकामस्थित सिटी हलमा चहलपहल बढेको छ । निर्वाचन क्षेत्रबाट मत मेटिका ल्याउने क्रम जारी छ । मत पेटिका जम्मा हुने क्रमसँगै मतदान केन्द्रमा चहलपहल बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *