महाकालीको बहाव घटेपछि टापुमा फसेका मजदुर फर्किए – Nepal Press

महाकालीको बहाव घटेपछि टापुमा फसेका मजदुर फर्किए

कैलाली ।कञ्चनपुरको महाकाली नदीमा ट्याक्टरसहित थुनिएका मजदुर फर्किएका छन् ।

नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्याक्टरसहित करिब २८-३० जना मजदुर १२ घण्टादेखि थुनिएका थिए ।

हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेर फसेकाहरु बहाव घटेपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *