नेपालगञ्जमा गोली हानेर लागुऔषधका कारोबारी पक्राउ – Nepal Press

नेपालगञ्जमा गोली हानेर लागुऔषधका कारोबारी पक्राउ

दाङ । लागुऔषध कारोबारी नियन्त्रणमा लिन बाँके प्रहरीले कोहलपुरमा गोली चलाएको छ ।

प्रहरीको गोली लागेर कोहलपुर-१२ का २६ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले नेपाल प्रेसलाई बताए ।

लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौबाट विशेष सूचनाका आधारमा बाँकेको कोहलपुरमा गएको टोलीमाथि आक्रमण भएपछि प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको  हाे ।

प्रहरी निरीक्षक रुपेश विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेलसहितको टोलीले कोहलपुरको चप्पलगौडामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रहरी भनाइ छ । प्रहरीलाई आक्रमण गरेर भाग्न थालेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीको गोली बायाँ खुट्टामा लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको अहिले भेरी अस्पतालमा उपचार भइरहेको बाँकेका एसपी तुलबहादुर कार्कीले जनाएका छन् । परियार कोहलपुर नगरपालिका–१२ चप्पलगौँडाका स्थानीय हुन् ।

परियारसहितको समूहले नेपाल भारत सिमानामा बसेर लागूऔषध कारोबार गर्ने गरेको सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोका विष्ट र सई सन्जेल नेतृत्वको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए ।

कोहलपुरका पिप्रहवामा प्रहरीलाई देखेर भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको एसपी कार्कीले जानकारी दिए । खुट्टामा १ गोली लागेका उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ । प्रहरीले उनीसँगै रहेका २७ वर्षीय प्रमोद कार्की(शरण) लाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्न थालेपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको र घाइतेको अवस्था सामान्य रहेको जनाएका छन् । उनले घटनाको प्रकृति हेरेर थप अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *