प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्, १५ मिनेटका लागि संसद स्थगित (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्, १५ मिनेटका लागि संसद स्थगित (भिडिओ)

काठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ ।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रह कांग्रेसले अस्वीकार गर्‍यो ।

सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर