५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स बन्यो आइपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली – Nepal Press

५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स बन्यो आइपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली

काठमाडौं । ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को प्लेअफको दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

बुधवार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेसँगै मुम्बई इन्डियन्समा दुई खेल अगावै प्लेअफको दौडबाट बाहिरिने पहिलो टोली बनेको हो ।

जितसँगै हैदरावाद १२ खेलमा ७ खेलमा जित र ५ खेलमा हारसहित १४ अङ्कसहित तेस्रो स्थानमा उग्लिएको छ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स समान १६ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । आइपीएलमा शीर्ष ४ मा पर्ने टिमले प्लेअफमा स्थान बनाउनेछन् ।

१२ खेल खेलको मुम्बई ४ खेलमा जित र ८ खेलमा हार सहित ८ अङ्कसहित नवौँ स्थानमा छ । मुम्बई अब दुई खेल खेल्न बाँकी छ । दुवै खेल जितेमा पनि मुम्बईको १२ अङ्क हुन्छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका टोलीको अङ्क १२ भन्दा बढी भएकाले मुम्बईले दुवै खेल जित्दा पनि त्यो स्थान प्राप्त गर्न सक्दैन ।

११ खेलबाट ६ खेलमा जित र ५ खेलमा हार बेहोरेको चेन्नई सुपर किंग्स १२ अङ्कसहित चौथो स्थानमा छ । समान १२ अङ्कसहित दिल्ली क्यापिटल्स पाँचौं र लखनउ सुपर जाइन्ट्स छैटौँ नम्बरमा छन् । दिल्ली र लखनउबिचको खेल मे १४ मा हुँदै छ । यी दुई टिममध्ये जुन टिमले जितेपछि अङ्क १४ पुग्नेछ । खेल रद्द भएमा पनि अङ्क १३ हुन पुग्नेछ । मुम्बईको दुवै खेल जित्दा पनि १२ भन्दा बढी अङ्क हुँदैन । त्यस कारण मुम्बई दुई खेल अगावै प्लेअफको दौडबाट बाहिरिएको हो ।

५ पटकको च्याम्पियन मुम्बईको यो सिजनको कप्तानी हार्दिक पान्ड्याले गरेका थिए । ५ पटक च्याम्पियन बनाएका कप्तान रोहित पौडेललाई परिवर्तन गर्दै मुम्बई यो सिजनमा हार्दिकलाई कप्तान बनाएको थियो । हार्दिकले यसअघि कप्तानी गरेको गुजरात टाइटन्स एक पटक विजेता र एक पटक उपविजेता बनेको थियो ।

पहिला ३ खेलमा लगातार पराजित हुँदै खराब सुरुआत गरेको मुम्बईले पछि पनि पुनरागमन गर्न सकेन । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *