कोशीमा प्रदेश प्रमुखले सांसदहरूलाई सनाखत गर्न बोलाए – Nepal Press

कोशीमा प्रदेश प्रमुखले सांसदहरूलाई सनाखत गर्न बोलाए

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मत कार्कीलाई मुख्यमन्त्रीको दाबी पेश गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् । अहिले सांसदहरू सनाखतका लागि पुगेका छन् ।

एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमाले र माओवादीका ५२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

ती सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *