सदनमा आज पनि कांग्रेसको नाराबाजी (भिडिओ) – Nepal Press

सदनमा आज पनि कांग्रेसको नाराबाजी (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेको हो ।

कांग्रेसका सांसदहरु अहिले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

कांग्रेसले आजको बैठकमा बोल्न माग गरेका थिए, तर सभामुख देवराज घिमिरेले विशेष र शून्य समय नगरेको भन्दै कार्यसूची अगाडि बढाएपछि कांग्रेसले वेल घेराउ गरेको हो।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफपछि थप बिच्किएको छ। संसदीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

सभामुखले अन्य कार्यसूची हटाएर प्रधानमन्त्रीले विश्वासको मत लिने वातावरण बनाइदिन आग्रह गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर