कांग्रेस संसदीय दलको बैठक सुरु – Nepal Press

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक संसद भवनमा सुरु भएको छ ।

सहकारी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा गठित कार्यदलमा सहमति नभएपछि कांग्रेसले आजको सदनमा गर्ने कार्यबारे बैठकमा छलफल हुने बताइएको छ । संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा कांग्रेस रहेको छ ।

आइतबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना कुरा राखेपछि कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नगरिए सदन नचल्ने घोषणा गरेका थिए ।

यता आजै संसद बैठक रहेकाे छ । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिने कार्यसूची रहेकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर