सेबोनको अध्यक्ष छान्न आज बैठक – Nepal Press

सेबोनको अध्यक्ष छान्न आज बैठक

काठमाडौं । आजै नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ । ५ जनाको नाम सर्टलिस्टमा सार्वजनिक भएको लामो समय भइसक्दा सो भन्दा अरु प्रक्रिया अगाडी बढ्न सकेको थिएन । आज बिहान यहि विषयलाई लिएर बैठक बस्ने तयारी थियो तर क्याविनेट कमिटिको बैठकमा उपाध्यक्ष उपस्थित हुनैपर्ने भएकाले बस्न सकेन । साँझसम्म बैंठक बसेर सम्भवत आजै नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढ्ने आयोग स्रोतले बताएको छ ।

सर्टलिस्टको नाम सार्वजनिक भएपछि अर्थमन्त्री बसन्तकालिन बैठकमा भाग लिन अमेरिका गए । त्यसपछि उपाध्यक्ष पनि देश बाहिर थिए । केही दिन अघि मात्र उपाध्यक्ष स्वदेश आइपुगेका हुन् ।

सर्टलिष्टमा परेका ५ जनामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चीरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ रहेका छन ।

छनौट समितिले चैतमै अन्तवार्ताको मिति तय गरेको थियो तर अर्थमन्त्री वर्षमान पुन बिश्वबैंकको बसन्तकालिन बैठकका लागि अमेरिका जानुपर्ने भएकाले पूर्व निर्धारित अन्तवार्ताको समय रद्द गरिएको थियो ।

अब यसबाट छनोट समितिले परीक्षा लिएर ३ जनाको नाम मन्त्री परिषद्मा सिफारिस गर्ने छ । ती तीन जनामध्ये एक जनालाई मन्त्री परिषदले अध्यक्ष नियुक्त गर्नेछ ।

छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र प्राध्यापक कृष्ण निरौला थिए । तर अहिले अर्थसचिव हेरफेर भइसकेको छ । अर्थसचिवमा मधुमरासिनी आइपुगेका छन् । समितिको सचिवालयको कामको जिम्मा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *