यमनका हुथी विद्रोहीले झारे अमेरिकी ड्रोन – Nepal Press

यमनका हुथी विद्रोहीले झारे अमेरिकी ड्रोन

काठमाडौं । यमनका हुथी विद्रोही समूहले अमेरिकाको सैन्य ड्रोन झारेको छ । यस्तै उनीहरुले अमेरिकी स्वामित्वको तेल कन्टेनरमा तोडफोड गरेका छन् ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार अमेरिकाको एकक्यू नाइन नामको ड्रोन झारेका हुथीले अमेरिकी तेल कन्टेनरमा पनि तोडफोड गरेका हुन् ।

अमेरिकाले इजरायलले गाजामा गरेको नरसंहारको पक्षमा समर्थन गरेको भन्दै हुथीले यस्तो आक्रमण गर्दै आएको छ । हुथीलाई अमेरिका तथा बेलायती हवाई हमला भए तापनि उनीहरुको आक्रमण नरोकिएको विश्व मिडियाहरुले सार्वजनिक गरिरहेका छन् ।

यस्तै हुथीले बेलायती स्वामित्वको इन्ड्रोमेडा स्टार नामको तेल कन्टेनरमा पनि प्रहार गरेको हुथीका प्रवक्ता याय सरीले बताएको अलजजिराले उल्लेख गरेको छ । इरानी समर्थन प्राप्त हुथीले अमेरिकी निशाना लक्षित गरेर लाल सागरमा तीन ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाले प्रस्ट गरेको छ ।

गत नोभेम्बर र फेब्रुअरीमा दुई अमेरिकी ड्रोन खसालेको हुथी विद्रोही समूहले शनिबार खसाएको यो तेस्रो ड्रोन हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर