बजेट माग्न मन्त्रालय नआउनुस् : मुख्यमन्त्री महरा – Nepal Press

बजेट माग्न मन्त्रालय नआउनुस् : मुख्यमन्त्री महरा

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बजेट माग्न मन्त्रालय नआउन स्थानीय सरकार प्रमुखलाई आग्रह गरेका छन् ।

नेपाल नगरपालिका संघ लुम्बिनीले चन्द्रौटा गरेको अन्तरक्रियामा मुख्यमन्त्री महराले बजेट आफ्नो सिस्टम अनुसार जाने भन्दै मन्त्रालय जाँदैमा बजेट नपाइने बताए ।

‘योजनाका फाइल बोकेर मन्त्रालय जाने काम नगर्नुस् ।’ मुख्यमन्त्री महराले भने, ‘मन्त्रालय जाँदैमा बजेट पाइँदैन । बजेट मन्त्रालयगत कार्यालयबाट आफ्नो प्रक्रियाबाट आफै गइहाल्छ ।’

स्थानीय तह आफै सरकार भएकाले एउटा सरकार बजेट माग्न अर्को सरकारसँग हात फैलाउन नपर्ने मुख्यमन्त्री महराले बताए । आफू विकास नभएको ठाउँमा विकास गर्न प्रतिबद्ध भएको उनको भनाइ छ ।

मन्त्रालयमा आएर बजेट लग्ने र सर्वसाधारण लाई मैले ल्याएको भनेर भ्रम फैलाउने परम्परा हाबी भएको भन्दै उनले त्यसको अन्त्य गर्ने अभियानमा आफू लागेको बताए ।


प्रतिक्रिया

One thought on “बजेट माग्न मन्त्रालय नआउनुस् : मुख्यमन्त्री महरा

  1. हो , बजेट जनताले कर तिरेको रकम हो।मैले ल्याएको भनेर बक्बास गर्ने काम भैरहेको छ ।कुरो सहि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर