साल्ट ट्रेडिङले ५ करोड नाफा कमायो – Nepal Press

साल्ट ट्रेडिङले ५ करोड नाफा कमायो

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० प्रतिशतले नाफा बढाएको छ ।

नाफा बढेसँगै ५ करोड १९ लाख रुपैयाँ खुद नाफा पुगेको छ ।

कर्पोरेसनले गत वर्ष ३ करोड ७१ लाख नाफा आर्जन गरेको थियो । कम्पनीको आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको छ ।

५ अर्ब ७७ करोड रुपैयाँ रहेको आम्दानी अहिले बढेर ९ अर्ब ४५ करोड पुगेको छ । यसको अन्य आम्दानी २ करोड ६० लाखबाट बढेर २ करोड ७३ लाख पुगेको छ ।

साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *