विभाजनपछि जसपामा निस्कियो तेस्रो धार, महेन्द्र लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा – Nepal Press

विभाजनपछि जसपामा निस्कियो तेस्रो धार, महेन्द्र लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा दर्ता गरेपछि तेस्रो धार पनि निस्किएको छ।

संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले दुवै पार्टी छाडेर पहिचानवादी मोर्चा घोषणा गरेका हुन्।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरिएको हो।

सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनले आरोप लगाए।

पार्टी नेतृत्वले पछिल्लो समय पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा सत्ताको खेलमा लागेकोले आफूहरू वैकल्पिक बाटोमा हिँडेको उनीहरूको भनाइ छ।

जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरूको कुनै हात नरहेको बताए।

उनले भने, पार्टी विभाजन हाम्रो कुनै हात छैन। अहिले जसपा र जसपा नेपाल भएर आयो। यो पार्टीको विभाजन आत्मघाती कदम हो। नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा जसपासँग जोडिएका पहिचानवादीहरूको भविष्य, राजनीतिक भविष्य र सिंगो संगठन ध्वस्त बनेको छ।

उनले अब पूर्वको आन्दोलनलाई सशक्त बनाउने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर