सी चिनफिङसँग उभिएर फ्रान्सेली राष्ट्रपतिले भने- हामी रुसको सत्ता परिवर्तनको पक्षमा छैनौँ – Nepal Press

सी चिनफिङसँग उभिएर फ्रान्सेली राष्ट्रपतिले भने- हामी रुसको सत्ता परिवर्तनको पक्षमा छैनौँ

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इम्यानुएर म्याक्रोनले आफूहरू रुसको सत्ता परिवर्तनको पक्षमा नभएको बताएका छन् ।

फ्रान्सको राजकीय भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै पत्रकार सम्मेलन गरेर म्याक्रोनले यस्तो बताएका हुन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार फ्रान्सले आणविक तथा गैर आणविक प्रयोजनका दुवै खाले प्रयोग हुने हतियार तथा हतियार बनाउने मेसिनरी रुसलाई नदिन भने आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमै उनले युक्रेनलाई आवश्यक हुन्जेलसम्म फ्रान्सले सहयोग जारी राख्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर