पाँचौँ कार्यकालको १० दिनपछि चीन भ्रमणमा पुटिन : आजै सीसँग भेटवार्ता र सहमतिमा हस्ताक्षर – Nepal Press

पाँचौँ कार्यकालको १० दिनपछि चीन भ्रमणमा पुटिन : आजै सीसँग भेटवार्ता र सहमतिमा हस्ताक्षर

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आफ्नो पाँचौँ कार्यकालको पहिलो विदेश भ्रमण चीनबाट गरेका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार पुटिन आजै बेइजिङ ओर्लिएका छन् । सन २०२३ मा नयाँ कार्यकालको लागि राष्ट्रपति चयन भएको दश दिन पछि सी रुस पुगेका थिए । पुटिन पनि नयाँ कार्यकालको दश दिन पुगे लगत्तै चीन पुगेका हुन् ।

चीन भ्रमण गर्नु भन्दा अगाडि पुटिनले चिनियाँ समाचार संस्था सिन्ह्वासँग लिखित अन्तरवार्ता गरेका थिए । जनवादी गणतन्त्र चीन स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पुटिन चीन पुगेको बताइएको छ ।

ब्रिक्स्, युरासियन इकोनोमिक युनियन तथा संयुक्त राष्ट्रसंघ आदिका बारेमा सी र पुटिनले वार्ता हुने बताइएको छ । चीन ओर्लिएका पुटिनले रुस र चीनको सहकार्यले अरू मुलुकहरूलाई चुनौती नहुने बताएका छन् ।

बेइजिङ ओर्लेर पुटिनले यस्तो बताएका हुन् । आजै पुटिनले चिनियाँ समकक्षी सी चिन फिङसँग वार्ता गरेर विभिन्न बुँदामा सहमति पत्रमा दुई देशले हस्ताक्षर गरेका छन् । के के सहमति भएको भन्ने सार्वजनिक भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर