सेनामा भर्ती हुन चाहनेको कैद मिनाहा गर्ने नयाँ युक्रेनी नियम पारित – Nepal Press

सेनामा भर्ती हुन चाहनेको कैद मिनाहा गर्ने नयाँ युक्रेनी नियम पारित

काठमाडौं । रुससँगको युद्धमा जनशक्ति अभाव भएसँगै जेलमा कैद भएका विभिन्न अपराधमा जोडिएकाहरूलाई सेनामा भर्ती हुन चाहेमा कैद मिनाहा गर्ने नियम युक्रेनमा पारित भएको छ ।

राष्ट्रपति भोलोदिरिम जेलेन्स्कीले शुक्रवार यस्तो नियमको प्रमाणीकरण गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । गत मार्चमा युक्रेनको सदनमा उक्त विधेयक पेस भएर पारित भएको थियो ।

गत अप्रिलमा भएको एक सर्वेक्षणले युक्रेनको जेलमा भएका ४५०० जनाले सेनमा भर्ती हुन इच्छा जाहेर गरेका थिए ।

रुससँगको युद्धमा अमेरिका तथा नेटो देशहरूले हतियार सहयोग गरे पनि जनशक्तिमा भने युक्रेनले अभाव झेलिरहेको छ ।

त्यसको लागि अनिवार्य सैन्य सेवा प्रवेश देखि एड्स तथा क्यान्सर जस्ता रोग भएकाहरूले पनि सेनामा भर्ती हुन चाहेमा पाउने नयाँ प्रावधानहरू युक्रेनले ल्याएको छ ।

युक्रेनले आफ्नो देशबाट भागेर जानेहरूलाई फिर्ता गरेर सेनामा भर्ती गराउन सहजीकरण गर्न पोल्यान्ड लगायतका विभिन्न देशहरूसँग आग्रह गरेको समेत सार्वजनिक भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर