उपेन्द्रजी अमेरिका उड्नुअघिको परिपत्रले विष्फोटक स्थिति बनाएको हो : अशोक राई – Nepal Press

उपेन्द्रजी अमेरिका उड्नुअघिको परिपत्रले विष्फोटक स्थिति बनाएको हो : अशोक राई

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले उपेन्द्र यादवले अल्पमतको निर्णयलाई पार्टीमा सर्कुलर गरेपछि आफूहरुले विद्रोह गरेको बताएका छन् । जसपा नेपालबाट अलग भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपेन्द्र यादवको कार्यशैलीको कारणले अलग भएको बताए ।

उनले भने, ‘उहाँविरुद्ध असन्तुष्टि त छँदै थिए । महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने गतिविधि देखिएपछि, उहाँ अमेरिका उड्नुअघि एउटा परिपत्र जारी गर्नुभएको छ । त्यसको नमुना त्यो पनि हो । त्यो परिपत्रले विष्फोटक स्थिति बनायो ।’

उनले सत्ताको अंकगणितको कारणले आफूहरुले पार्टी विभाजन नगरेको प्रष्ट पारे ।

उनले भने, ‘सत्ताको अंकगणित मिलेकै थियो, त्यो फेर्ने प्रयास भइरहेको कुरा आएको थियो, त्यो संवेदनशिल थियो । यो पार्टी बनेपछि हामीले अस्थिरताका कारक हुँदैनौं भनिसकेका छौं । मुलुक अहिले अस्थिरताको सिकार हुँदै आएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर