पुटिनको पाँचौँ राष्ट्रपतीय कार्यकालको शपथथ्रहण आज- अमेरिका, बेलायत र युरोपेली देशहरूले बहिष्कार गर्दै – Nepal Press

पुटिनको पाँचौँ राष्ट्रपतीय कार्यकालको शपथथ्रहण आज- अमेरिका, बेलायत र युरोपेली देशहरूले बहिष्कार गर्दै

काठमाडौं । गत मार्चमा भएको राष्ट्रपतीय चुनावबाट पाँचौँ पटक राष्ट्रपति चयन भएका रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आज शपथग्रहण गर्ने भएका छन् ।

८७.२८ प्रतिशत मत ल्याएर विजयी भएका पुटिनको पाँचौँ कार्यकालको शपथग्रहण समारोह कार्यक्रममा अमेरिका, बेलायत तथा युरोपेली संघका देशहरूले बहिष्कार गर्ने भएका छन् ।

अमेरिकी स्टेट डिपार्टमेन्टका प्रवक्ता म्यात्थु मिलरले पत्रकारहरूसँग भने, ‘हाम्रा प्रतिनिधि उनको समारोहमा जाँदैनन् ।’

अलजजिराका अनुसार बेलायत तथा क्यानडाले पनि आफ्ना प्रतिनिधिहरू नपठाउने सार्वजनिक जानकारी दिइसकेका छन् ।

युरोपका इस्टोनिया, ल्याटभिया र लिथुआनियाले समेत आफ्ना प्रतिनिधिहरू नपठाउने सार्वजनिक गरिसकेका छन् ।

चेक गणतन्त्र तथा जर्मनीले पनि यस्तै गर्ने भएका छन् । युरोपेली तथा अमेरिकी पक्षले आफ्ना प्रतिनिधिहरू नपठाए पनि एसिया, अफ्रिका तथा बहुसंख्यक विश्वका देशहरूले भने आफ्ना प्रतिनिधिहरू पठाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर