फ्रान्स पुगे चिनियाँ राष्ट्रपति सी – Nepal Press

फ्रान्स पुगे चिनियाँ राष्ट्रपति सी

काठमाडौं । मे ५ बाट फ्रान्सको राजकीय भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले चिनियाँ भाषामा स्वागत गरेका छन् ।

केहीबेर अगाडि चिनियाँ भाषामा स्वागत ट्विट गर्दै म्याक्रोँले लेखेका छन्, ‘फ्रान्स र चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा यो तपाईंको तेस्रो फ्रान्स भ्रमण हो राष्ट्रपति सी । हजुरलाई स्वागत छ ।’

फ्रान्समा पुगेका सीले आजै चीन, फ्रान्स र युरोपेली संघको साझा बैठकमा सहभागिता जनाएका छन् । सी फ्रान्सको राजकीय भ्रमण सकेर सर्विया र हङ्गेरी जाने कार्यक्रम छ । गएको आधा दशकयता चिनियाँ राष्ट्रपतिको यो पहिलो युरोप भ्रमण हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर