फ्रान्समा सवारी दुर्घटना कम गर्न चल्यो नयाँ अभियान- महिला जस्तै सवारी चलाऊ – Nepal Press

फ्रान्समा सवारी दुर्घटना कम गर्न चल्यो नयाँ अभियान- महिला जस्तै सवारी चलाऊ

काठमाडौं । फ्रान्समा सवारी दुर्घटना अत्यधिक भएपछि नयाँ नारा आएको छ । नाराले भन्छ- महिलाले जस्तै सवारी चलाऊ ।

सवारी दुर्घटनामा पुरुषले चलाएको सवारीको दुर्घटना अत्यधिक भएको तथ्यका आडमा यस्तो नारा लागेको बताइएको छ ।

जर्मनीको विश्व च्यालन डिडब्लूका अनुसार सन २०२२ र २०२३ का ८३ प्रतिशत सवारी दुर्घटना पुरुषले चलाएको सवारीमा भएका थिए ।

यस्तै मदिरा खाएर सवारी चलाउँदा भएको दुर्घटनामा ९३ प्रतिशत हिस्सा पुरुषको देखिएको छ । यसै कारण अहिले फ्रान्सको सामाजिक सञ्जाल, सडक किनारदेखि सव वेमा यस्तो नारा लगाइएको छ ।

सवारी दुर्घटनाबाट पीडित भएका फ्रान्सेलीहरूको संस्थाले यो अभियान सुरु गरेको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर