कास्मिरका सबै चुनावी क्षेत्रमा बिजेपीले उठाएन उम्मेदवार- भयो विश्वभर चर्चा – Nepal Press

कास्मिरका सबै चुनावी क्षेत्रमा बिजेपीले उठाएन उम्मेदवार- भयो विश्वभर चर्चा

काठमाडौं । आफ्नो चुनावी इतिहासको तीन दशकमा भारतीय सत्ताधारी दल बिजेपीले कास्मिरमा आफ्नो उम्मेदवार उठाएको छैन । भारतको संविधानको धारा ३७० खारेज गरेर कास्मिरको आंशिक स्वायत्तता अन्त्य गरेको बिजेपीले त्यसपछि कास्मिरमा विकास गरेको दाबी गर्दै आएको छ ।

जम्मु र कास्मिरमा दुई राज्य छुट्याएको र लदाकलाई केन्द्र शासित क्षेत्र बनाएको बिजेपीले कास्मिरमा भने कुनै उम्मेदवार नउठाएर धेरैलाई चकित बनाएको छ । भारतमा भएको जि–२० को एक बैठक समेत कास्मिरमा गरेको बिजेपीले कास्मिरका तीन सिटको लागि आफ्ना उम्मेदवार उठाएको छैन ।

यो समाचारलाई विश्वभरका मिडियाहरुले चासोकासाथ प्रकाशन गरेका छन् । मुस्लिम बाहुल्य क्षेत्रमा सर्वनाक पराजयको खराब सन्देश जाने भयले बिजेपीले कास्मिरका कुनै पनि क्षेत्रमा उम्मेदवारी नदिएको अलजजिराले उल्लेख गरेको छ । सन २०१९ मा कास्मिरको आंशिक स्वायत्तता दिने भारतीय संविधानको धारा ३७० खारेज गरेको प्रतिकृयाले चुनावमा खराब प्रस्तुति हुने भन्दै यस्तो गरेको अलजजिराले उल्लेख गरेको छ ।

मे १३, २० र २५ मा कास्मिर उपत्याकाका तीन क्षेत्रमा हुने चुनावमा बिजेपीले उम्मेदवारी नदिएको समाचार जापानको मिडिया निक्की एसियाले पनि उल्लेख गरेको छ । समाचारमा बिजेपीले हारे पनि त्यो हारको सन्देश खराब जाने भनेर उम्मेदवारी नदिएको लेखिएको छ । उसो त कास्मिरमा बिजेपीले चुनाव जित्ने इतिहास चै छैन । तर, भारतीय संविधानको धारा ३७० खारेज गरेपछि स्थानिय खुशी छन् भनेर भन्दै आएको भाजपाले त्यसको प्रतिकृया चुनावमा खराब आउने बुझेपछि उम्मेदवारी नै नदिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर