हमाससँग युद्धविराम गर्न इजरायल तयार छ: नेतान्याहु – Nepal Press

हमाससँग युद्धविराम गर्न इजरायल तयार छ: नेतान्याहु

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धविराम गर्न इजरायल तयार भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार नेतान्याहुले अल्पकालीन युद्धविरामको लागि तयार भएको बताएका हुन् ।

हमाससँग बन्धक भएकाहरुलाई ल्याउन तयार भएको बताउने उनले हमाससँग आत्मसमर्पण भने नगर्ने बताएका छन् ।

गत अक्टोबर ७ बाट बढेको इजरायल हमास युद्धमा परेर हजारौंको ज्यान गएको छ । जसमा बहुसंख्यक गाजाका स्थानीय, बालबालिका, महिला तथा पत्रकारदेखि सहायता संस्थाका कर्मचारीहरुसम्म छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर