रेशमलाई स्वागत गर्न कारागारमा बिहानै भीडभाड, रञ्जितादेखि एलिजासम्म फुलमाला बाकेर पुगे – Nepal Press

रेशमलाई स्वागत गर्न कारागारमा बिहानै भीडभाड, रञ्जितादेखि एलिजासम्म फुलमाला बाकेर पुगे

काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी आज कारागार मुक्त हुँदैछन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी आज छुट्न लागेका हुन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुँदैछन् ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भए पछि उनको स्वागतका लागि नेता तथा कार्यकर्ता डिल्लीबजार कारागर परिसरमा पुगेका छन् । उनको स्वागतमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीसमेत रहेकी उनकी पत्त्री रन्जिता श्रेष्ठ कारागार पुगेकी छन् । साथै एलिजा गौतम पनि पुगेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर