नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर – Nepal Press

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० अफर ल्याएको छ ।

कम्पनीले अफरमा भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज रहेको जनाइएको छ ।

अफरमा कम्पनीले ४९ रुपैयाँमा १ दिन मान्य १ एमबीपीएस अनलिमिटेड डाटा र टेलिकमकै नेटवर्कमा १०० मिनेट अन नेट भ्वाइस रहेको जनाइएको छ । त्यस्तै डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन मान्य ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन मान्य १३ जीबी डाटा, २९४ रुपैयाँमा १० दिन मान्य २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन मान्य ३० जीबी डाटा प्याकेज सहेको समेत जनाइएको छ ।

त्यसैगरी कम्पनीले एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने बताएको छ । कम्पानीका अनुसार २०० देखि ४९९ रुपैयाँ सम्मको रिचार्जमा २ दिन मान्य प्रत्येक दिन १ जीबीका दरले २ जीबी डाटा उपलब्ध हुने र ५०० रुपैयाँ वा सो भन्दा बढी रकमको रिचार्जमा प्रतिदिन २ जीबीका दरले ४ दिन सम्म ८ जीबी डाटा उपलब्ध रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर