प्यालेस्टाइन पक्षमा जर्मनीमा भएका प्रदर्शनमा व्यापक दमन – Nepal Press

प्यालेस्टाइन पक्षमा जर्मनीमा भएका प्रदर्शनमा व्यापक दमन

काठमाडौं । प्यालेस्टाइनी नागरिकको पक्षमा सडक प्रदर्शन गर्नेहरुलाई जर्मनी सरकारले दमन गरेको छ । जर्मनीको राजधानी बर्लिनमा भएको प्रदर्शनमा दमन भएको समाचार तथा भिडिओहरु रुसी विश्व च्यानल आरटीले सार्वजनिक गरेको छ ।

प्रदर्शनीमा उत्रिएका दर्जनौंलाई गिरफ्तार गरिएको छ भने दुई हप्ताबाट राखिएका शिविर भत्काइएको छ । गाजाको इजरायली युद्धमा जर्मनीले हतियार दिन बन्द गर्नुपर्छ भन्दै प्रदर्शनहरु भएका थिए ।

निषेधित नारा तथा संकेतहरु प्रयोग गरेको आरोपमा जर्मनी सरकारले दमन गरेको बताइएको छ । सामाजिक सन्तुलन तथा सुरक्षामा खलल भएको भन्दै जर्मनी सरकारले प्रदर्शनको अधिकार रक्षा गर्न नसकेको सार्वजनिक प्रतिक्रिया दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर