कांग्रेस संसदीय दलको बैठक स्थगित – Nepal Press

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित गरिएको छ ।

केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको आज अन्त्येष्टि गरिने भएकाले बैठक भाेलि बिहानलाई सारिएको हो । गुरुङको दुई दिनअघि निधन भएको थियो ।

कांग्रेसले आज १ बजे संसदीय दल कार्यसमिति र २ बजे संसदीय दलको बैठक राखेको थियो । बैठक भोलि बिहान ८ र साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर