रेड्मी नोट १२ सिरिज अब नेपाली बजारमा, कति पर्छ मूल्य ? – Nepal Press

रेड्मी नोट १२ सिरिज अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरी दुई वटा फोनहरू समावेश गरिएको सिरिजमा मल्टिटास्किङ अनुभव प्रदान गर्ने, फोटोग्राफी, गेमिङ, अडियो र स्ट्रिमिङमा सहज र प्रभावकारी हने कम्पनीले बताएको छ ।

जहाँ रेड्मी नोट १२ प्रो ५जी मिडीयाटेक डाइमिन्टी १०८० प्रोसेसरद्वारा सञ्चालित, कनटेन्ट क्रेटर खेल र ५जी जडानको लागि प्रभावशाली रहने जनाइएको छ ।

स्मार्टफोनमा ५ हजार एमएच ब्याट्री जडित रेड्मीमा ६७ वाटको चार्जिङ अडाप्टरको साथ उपलब्ध रहेको छ । त्यस्तै फ्ल्यागशिप ६७ टर्बो चार्जिङले १५ मिनेटमै दिनभरको लागि पावर ब्याकअप प्रदान गर्छ ।

त्यस्तै, ५० एपी ट्रिपल क्यामेरा सेटअप, जसको मुख्य क्यामेरामा रहेको आक्ष्एमएक्स ७६६ सेन्सरले विशेष हाई–एन्ड फोन सुविधा दिन्छ । यसको १.० युएम ठूलो पिक्सेल साइजको साथ प्रयोगकर्ताहरुलेसोचे जस्तै फोटो खिच्न र सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

त्यसैगरी रेड्मी नोट १२ को सुरुवाती मुल्य क्रमशः २२ हजार ९ सय ९९ रुपैयाँ, २४ हजार ९ सय ९९ रुपैयाँ र २६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । रेड्मी नोट १२ प्रो ५जी को सुरुवाती मूल्य क्रमशः ३८ हजार ९ सय ९९ रुपैयाँ र ४१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर