इलाम उपनिर्वाचन : कांग्रेसले जितेकै वडाबाट एमालेको अग्रता – Nepal Press

इलाम उपनिर्वाचन : कांग्रेसले जितेकै वडाबाट एमालेको अग्रता

विराटनगर । स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेकै वडाबाट एमालेले अग्रता लिएको छ । ४ वटा वडाको मत गणना हुँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ३४५ ले अग्रता लिएका छन् । फाकाफोकथुमको वडा नम्बर १ वडा अध्यक्षमा काँग्रेसका कर्णबहादुर लिम्बु, विजयी भएका थिए ।

यस्तै वडा नम्बर २ मा काङ्ग्रेसकै यामबहादुर खत्री पौडेल विजयी भएका थिए । वडा नम्बर ३ मा एमालेका दीपेन्द्र लिम्बु, विजयी भएका थिए भन वडा नम्बर ४ मा कांग्रेसका पदमबहादुर मगर, विजयी भएका छन् । ४ वटा मध्ये ३ वटा वडा जितेको काङ्ग्रेसकै क्षेत्रबाट एमालेका उम्मेदवारले अग्रता लिएका हुन् । वडा नम्बर १ को गणना सकिदा सुहांग १३४ मतले पछाडि परेका थिए ।

वडा नम्बर २ को मतगणना सकिदा ८२ मतले पछाडि परेका एमाले उम्मेदवारले वडा नम्बर ३ को मतगणना सकिदा २८ को मतान्तर बनाएका थिए । वडा नम्बर ४ को गणना हुँदा उनले ३४५ मतको अग्रता लिएका छन् ।

अहिले गणना भइरहेको वडा नम्बर ५ मा एमालेका सिद्धान्त आले विजयी भएका छन् । वडा नम्बर ६ मा एमालेका टङ्कनाथ खनाल, ७ मा काँग्रेसका छत्रबहादुर लिम्बु वडाध्यक्षमा निर्वाचित भएका छन् । फाकफोकथुममा नेपाली काँग्रेसका १४ र एमालेका २३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर