यही हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की – Nepal Press

यही हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले एक साता भित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।

प्रदेश सभाबाट विश्वासको मत पाएपछि उनले गठबन्धन दलका बिचमा छलफल गरेर यसै साता मन्त्री परिषद् विस्तार गर्ने बताएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताए । उनले अहिलेसम्म मन्त्रालय बढाउने कुनै योजना नरहेको बताए ।

उनले भने, ‘हाम्रा बिचमा मन्त्रालय नबढाउने विषयमा सहमति भएको छ । के हुन्छ गठबन्धन दल भित्र छलफल हुने छ ।’

उनले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूलाई पनि सरकारमा लैजाने विषयमा छलफल भइरहेको बताए । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई ५७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए ।

कार्कीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेपालका प्रदेश सभा सदस्यहरूले विश्वासको मत दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर