अनेरास्ववियूले स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने – Nepal Press

अनेरास्ववियूले स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने

काठमाडौं । अनेरास्ववियूले आफ्नो ६०औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

अनेरास्ववियूले स्थापना दिवस जेठ १–७ गतेसम्म उपत्यकाको विभिन्न क्याम्पसमा फरक फरक कार्यक्रम गर्ने भएको हो ।

जेठ १ गते काठमाडौंको जगडोलमा १ हजार बिरुवा रोपेर सोही ठाउँमा अखिल पार्क निर्माण गर्ने भएको छ । भने, जेठ २ गते भेलोसिटी क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्ने छ ।

जेठ ३ गते कोटेश्वर बहुमुखी क्याम्पसमा रक्तदान तथा काठमाडौंको सेन्ट लरेन्स कलेजमा शैक्षिक बहस गर्ने भएको हो ।

भने, ४ गते सरस्वती बहमुखी क्याम्पसमा अन्तर कलेज व्याडमिनटन, ५ गते बालाजु इन्जिनियरिङ कलेजमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, ६ गते रत्नराज्य लक्ष्मी क्याम्पसमा अन्तर कलेज फुटसल प्रतियोगिता र ७ गते विद्यार्थी दिवसका अवसरमा गरिएको सम्पूर्ण प्रतियोगितामा सहभागीहरूलाई सम्मान गर्ने छ ।

अनेरास्ववियूका हरेक गतिविधिहरूलाई समेटेर फोटो प्रदर्शन, विभिन्न जातजाति, भाषा समेटिएको झाकी प्रस्तुत गर्ने छ । विद्यार्थीलाई सम्मान सहित सांस्कृतिक कार्यक्रम गरी कार्यक्रम सम्पन्न गर्ने अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर