जसपा नेपालद्वारा सरकारमाथिको समर्थन फिर्ता, प्रधानमन्त्रीले पार्टी फुटाएको आरोप (भिडिओ) – Nepal Press

जसपा नेपालद्वारा सरकारमाथिको समर्थन फिर्ता, प्रधानमन्त्रीले पार्टी फुटाएको आरोप (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यादवले पठाएको समर्थन फिर्ताको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको सांसद राजकिशोर यादवले बताए । जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको उनको आरोप छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको यादवको जिकिर छ । सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने उनले चेतावनी दिए

यादवले भने, ‘राज्य नै लागेर फुटाइयो । सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात राष्ट्रिय राजनीतिमा जुन घटनाहरु भइरहेका छन्, त्यहाँ नैतिक रुपले बसिरहन मिलेन । संसदीय व्यवस्थामा गणितको ठूलो मूल्य हुन्छ, यो विभाजनमा स्वयं प्रधानमन्त्रीज्युले नै यसमा मेरो पनि हात छ, भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन । १२ को संख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रुपमा पनि बसिरहन उचित लागेन । सरकारले गैरजिम्मेवारी काम गर्‍यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ । पहिला आन्तरिक शक्ति सञ्चय गर्नेछौँ ।’

सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर