देउवा र रविलाई सभामुखको फोन- राष्ट्रपति उपस्थित हुने बैठक सौहार्दपूर्ण बनाइदिन अपिल – Nepal Press

देउवा र रविलाई सभामुखको फोन- राष्ट्रपति उपस्थित हुने बैठक सौहार्दपूर्ण बनाइदिन अपिल

काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग टेलिफोन गरेका छन् ।

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरे । राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरूलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने जवाफ बताएका छन् । सरकारले छानबिन समिति बनाउने अवस्था आए आउँदा बैठक स्वतः सुचारू हुने उनको भनाइ थियो ।

उनले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै उनले सभामुखमार्फत् ध्यानाकर्षण गराएका छन् ।

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राखे । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिएका छन् ।

सभामुखले आज नै प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षसँग छलफल गरेका थिए । त्यस्तै भोलिको कार्यसूचीबारे सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर