विद्यार्थी महोत्सवको तयारी पूरा (भिडिओ) – Nepal Press

विद्यार्थी महोत्सवको तयारी पूरा (भिडिओ)

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जेठ १ गतेदेखि काठमाडौंमा हुन लागेको विद्यार्थी महोत्सवको तयारी पूरा भएको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदै अनेरास्ववियुले संगठन स्थापनाको ६० बर्ष पूरा भएको अवसरमा आयोजना गर्न लागेको ‘विद्यार्थी महोत्सव–२०८१’ को तयारी पूरा भएको जनाएको हो ।

जेठ १ देखि ३ गतेसम्म हुने महोत्सव नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सवै भन्दा ठूलो कार्यक्रम भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए । महोत्सवमा विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने र विभिन्न सत्रहरुमा छलफल हुने उनले बताए ।

विद्यार्थी महोत्सवमा १ सय ५० भन्दा बढि शैक्षिक स्टल रहने र महोत्सव अवधिभर करिव एक लाख विद्यार्थीहरुले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिइएको बडालले जानकारी दिए ।

सरकारी तथ्याङ्क अनुुसार हरेक वर्ष एक लाख २० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन् । विदेशमा होइन, नेपालमा नै उत्कृष्ट गुणस्तरीय शिक्षा छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको अखिलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर