राप्ती प्रतिष्ठान अत्याधुनिक प्रविधिमार्फत क्यान्सर परीक्षण – Nepal Press

राप्ती प्रतिष्ठान अत्याधुनिक प्रविधिमार्फत क्यान्सर परीक्षण

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ । प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न सुरु गरिएको छ ।

प्रतिष्ठानका अनुसार एक हजार बढी बिरामीको क्यान्सर परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५९९ जना विरामीहरुको क्यान्सर भए नभएको पत्ता लगाउन परीक्षण गरिएको जानकारी दिए । प्रतिष्ठानमा २०७९ साल फागुनदेखि हिष्टो प्याथोलोजि(वायोप्सी) परीक्षणको सेवा सुरु भएको थियो ।

प्रतिष्ठानमा कार्यरत प्याथोलोष्टि डा. मधु सिग्देलले अघिल्लो वर्षको फागुनदेखि हाल चैतसम्म ९५७ जना बिरामीले हिष्टो प्याथोलोजिको सेवा लिएको बताए । बिरामीको अप्रेसन गर्नेक्रममा मासुको सानो भाग निकालेर क्यान्सर भए नभएको पत्ता लगाउन हिष्टो प्याथोलोजि गर्ने गरिन्छ ।

त्यस्तै, उनका अनुसार गएको वैशाखदेखि चैत महीनासम्ममा सुइको माध्यमवाट क्यान्सर भए नभएको पत्ता लगाउन ३९८ जना विरामीको वायोप्सी परीक्षण गरिएको छ ।

टिचिङ हस्पिटल काठमाडौंबाट प्याथालोजिमा एम डि पास गरेका डा. सिग्देलले गएको वैशाखदेखि चैतसम्म पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन २४४ जना परीक्षण गरिएको जानकारी दिए । उनीसँगै काठमाडौं मेडिकल कलेजबाट प्याथोलोजिमा एमडि पास गरेका डा. समिर मजगैँया, नर्ससहितको टोलीले बायोप्सी परीक्षण गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर