‘तेरी बातोमे ऐसा उल्झा जिया’ का गायक राघव नेपाल आउँदै – Nepal Press

‘तेरी बातोमे ऐसा उल्झा जिया’ का गायक राघव नेपाल आउँदै

काठमाडौं । भाइरल भारतीय गीत ‘तेरी बातोमे ऐसा उल्झा जिया’ का गायक राघव माथुर नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

काठमाडौंको सोल्टी क्राउन प्लाजामा राघव आगामी शुक्रवार अर्थात मे १७ तारिकमा आफ्नो प्रस्तुति दिने भएका हुन् ।

शुक्रवार बेलुका ८ बजे काठमाडौंको सोल्टी होटेलमा गायक राघवले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

‘तेरी बातोमे ऐसा उल्झा जिया’, ‘डेस पार्डो’ लगायतका चर्चित गीतहरू गाएका राघवलाई नाजी इन्टरटेन्मेन्टले नेपालमा ल्याउन लागेको हो ।

कार्यक्रमको टिकट इसेवाबाट काट्न सकिनेछ । भने, टिकटको मूल्य २ हजार ५ सय रुपैयाँ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर