‘कोका-कोला महोत्सव’मा आकर्षक छुट – Nepal Press

‘कोका-कोला महोत्सव’मा आकर्षक छुट

काठमाडौं । कोका-कोलाले ‘कोका-कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका-कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेनको लागि कोका-कोलाले केएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ ।

यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशतसम्म छुट अथवा केही खानासँग निःशुल्क कोक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कोका-कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ जेठ २५ सम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर