सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि प्रदर्शन गर्ने डा. निकोलस भुसाल पक्राउ – Nepal Press

सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि प्रदर्शन गर्ने डा. निकोलस भुसाल पक्राउ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदै आएका अभियन्ता डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । हिजो सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । केही दिनअघि उनीसहित सयौँ युवाले कलंकीमा र्‍याली निकालेका थिए ।

हिजो पनि केही युवाहरूसहित उनले सर्वोच्च अगाडि गएर प्रदर्शन र नाराबाजी गरेका थिए । प्रहरीले उनलाई मात्रै पक्राउ गरेको छ ।

निकोलसलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको परिसरका प्रवक्तासमेत रहेका एसपी नवराज अधिकारीले बताए । उनको म्याद थप भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *