एमालेले लिड गर्न थालेपछि इलाम २ मा कसको कति मत ? (सूचीसहित) – Nepal Press

एमालेले लिड गर्न थालेपछि इलाम २ मा कसको कति मत ? (सूचीसहित)

विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङले नेपाली कांग्रेसकै पक्कड रहेको क्षेत्रबाट अग्रता लिएका छन् । उनले ३४५ मतको अन्तरमा कांग्रेसका डम्बर खड्कालाई पछि पारेका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका हुन् ।

१,२ र ३ नम्बरमा कांग्रेसका डम्बरले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन् । वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

वडा नम्बर ४ को गणना सकिदा सुहाङले तीन वटा वडाको २८ मत तिरेर ३४५ ले अग्रता लिएका हुन् । ४२ मध्ये ४ वटा वडाको मतगणना सम्पन्न भएको छ । फाकफोकथुम १,२,३,४ जम्मा वडा को ५ हजार ७७८ मत गणना भएको हो ।

हेर्नुस् कसको कति मत ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर